काठमाण्डौको तारकेश्वरमा बसको ठक्करबाट एक किशोरको ज्यान गयो
जेठ २४, २०८० बुधबार
काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कांग्रेस र माओवादी केन्द्रले पालिका चुनावमा सेटिङ गरेर लाभ लिएको दाबी गर्नुभएकाे छ ।आज मङ्गलवारकाे प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।
आफू विगतदेखि नै गठबन्धनको विपक्षमा रहेको उल्लेख गर्दै नेता भट्टराईले पालिका चुनावमा गरिएको गठबन्धन सफल नभएको बताउनुभयो । उहाँले गठबन्धनभित्र जुन सिद्धान्त अपनाइएको थियो, त्यसको पालना कसैले नगरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘गठबन्धनको विषयमा त मेरो पहिलेदेखि नै धारणा थियो, स्थानीय तहका मुद्दाहरू, स्थानीय पार्टीका नेताहरूलाई थाहा हुन्छ । केन्द्रबाट नै गरेर टुङ्गो लाग्ने विषय यो होइन । त्यसैले हामीले गर्न खोजेकाे अभ्यास सफल भएन । खासगरी कांग्रेस र माओवादीले सेटिङ गरे र केही लाभ भयो । गठबन्धन गर्दा गरेका सिद्धान्तकाे कसैले पनि पालना गरेनन् ।’