सुर्खेतकाे बराहताल गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

 जेठ ३, २०७९ मंगलबार २०:१४:२० | मुना हमाल
unn.prixa.net

सुर्खेत – सुर्खेतकाे बराहताल गाउँपालिकाको अध्यक्षमा कांग्रेसका भीमबहादुर भण्डारी विजयी हुनुभएको छ । 

भण्डारी चार हजार दुई सय ७३ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका धनश्याम पाण्डेले तीन हजार पाँच सय ५५ मत  ल्याउनुभयाे ।  

यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै लक्ष्मी पुन मगर चार हजार तीन सय एक मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका तीन हजार पाँच सय ९९ मत प्राप्त गर्नुभयाे । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया