पाेखरामा एकीकृत समाजवादीका आचार्यलाई १७ सय ५० मतकाे अग्रता

 जेठ ३, २०७९ मंगलबार २०:१५:५९ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – पोखरा महानगरपालिकामा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता कायमै राख्नुभएकाे छ । अहिलेसम्म २८ हजार एक सय ६० मत गन्दा उहाँले एक हजार सात सय ५० मतकाे अग्रता लिइरहनुभएकाे छ । 

आचार्यले ११ हजार आठ सय १२ मत प्राप्त गर्नुभएकाे छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर थापाले १० हजार ६२ मत पाउनुभएकाे छ । राप्रपाका शंकर खरालले एक हजार दुई सय ७१ र स्वतन्त्र उम्मेदवार गनेस पाैडेलले ६ सय ६९ मत मत प्राप्त गर्नुभएकाे छ ।   

यस्तै उपाध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसकी काेपिला रानाभाटले १२ हजार एक सय ३० मतसहित अग्रता लिइरहनुभएकाे छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेकी मञ्जु गुरुङले ११ हजार चार सय ८३ मत प्राप्त गर्नुभएकाे छ । राप्रपाकी रन्जना सेनले एक हजार ६९ मत प्राप्त गर्नुभएकाे छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया