बर्दियाको बाँसगढी नगरपालिकाकाे मेयर र उपमेयरमा एमाले विजयी

 जेठ ४, २०७९ बुधबार ९:२५:३ | भावुक योगी
unn.prixa.net

बर्दिया - बर्दियाको बाँसगढी नगरपालिकामा नेकपा एमालेका मेयर र उपमेयर विजयी भएका छन् ।

नेकपा एमालेका खड्गबहादुर खड्का १० हजार ९ सय ४७ मत ल्याएर मेयरमा विजयी हुनुभएकाे हाे ।

उहाँका प्रतिस्पर्धी माओवादीका भुवनकुमार थारुले ९ हजार ७ सय ६३ मत प्राप्त गर्नुभयो।

यस्तै, उपमेयरमा पनि एमालेका इन्दिरा चौधरीले ११ हजार ३५ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी कांग्रेसका आकाश थारुले ८ हजार ५ सय १२ मत प्राप्त गर्नुभयो ।

अन्तिम अपडेट: फागुन २९, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया