भरतपुरमा रेनु दाहाल १५ सय १२ मतले अगाडि

 जेठ ४, २०७९ बुधबार ९:१८:२३ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन - चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदीभन्दा अगाडि हुनुहुन्छ ।

पछिल्लो मत परिणामअनुसार दाहालले ९ हजार ६ सय ३१ र सुवेदीले ८ हजार १ सय १९ मत प्राप्त गर्नु भएको छ ।

दाहाल सुवेदीभन्दा १५ सय १२ मतले अगाडि हुनुहुन्छ ।

यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ३ सय ६० मत ल्याउनु भएको छ । भरतपुरको अहिलेसम्म २६ हजार ६ सय २६ मत गणना भएको छ ।

यस्तै, उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी अगाडि हुनुहुन्छ ।

उहाँले अहिलेसम्म ११ हजार ५ सय १५ मत पाउँदा राप्रपाकी हिमला गुरुङले ६ हजार ६ सय ११ मत पाउनु भएको छ ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया