घोराही उपमहानगरपालिकामा एमाले विजयी

 जेठ ५, २०७९ बिहिबार ६:१६:४४ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको घोराही उपमहानगरपालिकाको प्रमुखमा नेकपा एमालेका नरुलाल चौधरीले ३१७२८ मत ल्याएर निर्वाचित हुनुभएको छ।

उहाँकाे निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका  हेमराज शर्माले २६३६८ मत ल्याउनु भयो ।

उपप्रमुखमा नेकपा एमालेकै हुमा डिसिले ३०४०३ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका भुप बहादुर डागीले ३०३५४ मत ल्याउनु भयो ।

घोराही उपमहानगरपालिकाका १९ वडा मध्ये एमाले अध्यक्ष १३ वटा गठबन्धनका तर्फबाट कांग्रेस ५ वडा र माओवादीले एउटा वडा जितेको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया