हलेसी तुवाचुङ नगरपालिकामा कांग्रेस विजयी

 जेठ ५, २०७९ बिहिबार ७:२:३६ | दमन राई
unn.prixa.net

खोटाङ - खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको मेयर तथा उपमेयरमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

एमाले र नेकपा माओवादी केन्द्रको अघोषित गठबन्धनलाई तोड्दै कांग्रेसका बिमला राई मेयर र रमेश राउत उपमेयरमा विजयी हुनुभएकाे हाे । 

बुधबार राति सार्वजनिक अन्तिम मत परिणाम अनुसार राईले एमालेका उम्मेदवार खडेन्द्र राईलाई ३५१ मतले पछि पार्दै मेयर निर्वाचित हुनु भएकाे हाे । 

मेयरमा निर्वाचित राईले ६३१७ मत पाउँदा उहाँकाे प्रतिस्पर्धी खडेन्द्रले ५९६६ मत पाउनु भयाे ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा उपमेयरमा विजयी बनेकी बिमला राईले यसपटक मेयरमा बाजी मार्नु भएकाे हाे । 

उपमेयर राउतले ५९३४ मत पाउँदा उहाँकाे निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका अमेम्बर राईले ५६६१ मत पाउनु भयाे ।

मुलुकभर एमाले बाहेकका गठबन्धन हुँदा हलेसी तुवाचुङमा भने एमाले र माओवादी केन्द्रको अघोषित चुनावी तालमेल भएको थियो ।

११ वडा रहेको नगरपालिकाको ८ वटा वडामा कांग्रेस, २ वटा वडामा एमाले र १ वटा वडामा माओवादी केन्द्रका वडाध्यक्ष निर्वाचित भएका छन् ।
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया