दक्षिण कोरियाबाट फर्केकाहरूलाई उद्यमशीलता विकास तालिम सञ्चालन हुने

 बैशाख १८, २०८१ मंगलबार १५:३०:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया गई काम गरी फर्केकाहरूलाई उद्यमशीलता विकासका लागि अभिमुखीकरण तालिम सञ्चालन हुने भएको छ ।

आज ललितपुरमा भएको कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम उपाध्यायले कोरियामा रोजगारी गरेर फर्किएका नेपालीलाई स्वदेशमै सीपको प्रयोग गर्ने अवसरका लागि कार्यक्रम सञ्चालन हुन लागेको जानकारी दिनुभयो ।

‘के हामी परियोजना’ ले सञ्चालन गर्ने अभिमुखीकरण कार्यक्रममा काईकाको लगानी रहेको छ । उहाँले यो कार्यक्रममले दक्षिण कोरियाबाट काम गरी फर्किएका नेपालीलाई रोजगारीमा जोड्ने र थप खुशी बनाउनेसमेत बताउनुभयो ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया