काठमाण्डाै मेयरमा बालेनलाई १३ हजार र उपमेयरमा सुनितालाई १९ हजार मतकाे अग्रता

 जेठ ६, २०७९ शुक्रबार १६:४७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले १२ हजार ६ सय ८८ मतकाे अग्रता लिइरहनुभएकाे छ । 

अहिलेसम्म ७७ हजार चार सय ८७ मतगणना हुँदा साहले २८ हजार ६ सय ७९ मत प्राप्त गर्नुभएकाे छ । एमालेका उम्मेदवार केशव स्थापितले १५ हजार ६ सय चार मत प्राप्त गर्नुभएकाे छ । अहिले साह स्थापित भन्दा १३ हजार ७५ मतले अघि हुनुहुन्छ ।  

यस्तै गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह तेस्राे स्थानमा यथावत् हुनुहुन्छ । उहाँले अहिलेसम्म १४ हजार सात सय ३८ मत ल्याउनुभएको छ । 

उपमेयरमा भने एमालेकी सुनिता डङ्गोलको अग्रता कायमै छ । डंगाेलले २८ हजार सात सय ९२ मत प्राप्त गर्दा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले नाै हजार दुई सय ९९ मत प्राप्त गर्नुभएकाे छ । डंगाेल श्रेष्ठ भन्दा १९ हजार चार सय ९३ मतले अघि हुनुहुन्छ । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया