६ सय ६७ पालिकाकाे नतिजा : एमाले र माओवादीले जितेका पालिका जाेड्दा पनि कांग्रेसकाे धेरै

 जेठ ६, २०७९ शुक्रबार १९:५९:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पालिका चुनाव २०७९ अन्तर्गत ६ सय ६७ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेस दुई सय ९८ वटा पालिकाको प्रमुख जित्दै पहिलो स्थानमा रहेको छ ।

कांग्रेस

दुई सय २६ वटा नगरपालिका र चार सय ४१ वटा गाउँपालिकाको अन्तिम नतिजा सार्वजनिक हुँदा कांग्रेसले एक सय १४ वटा नगरपालिका र एक सय ८४ वटा गाउँपालिकाको प्रमुख पद जितेको हो । यस्तै कांग्रेसले ८६ वटा नगरपालिका, एक सय ८५ वटा गाउँपालिकाको उपाध्यक्ष र दुई हजार चार सय ४९ वटा वडाको अध्यक्ष पद जितेको छ ।

एमाले

दोस्रो स्थानमा रहेको एमालेले ६३ वटा नगरपालिकाको मेयर र एक सय २० वटा गाउँपालिकाको अध्यक्ष गरी एक सय ८३ वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै एमालेले ८५ वटा नगरपालिकाको उपमेयर, एक सय २० वटा गाउँपालिकाको उपाध्यक्ष र एक हजार नौ सय ४९ वटा वडाको अध्यक्ष पद जितेको छ ।

माओवादी

तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले २० वटा नगरपालिकाको मेयर र ९४ वटा गाउँपालिकाको अध्यक्ष गरी एक सय १४ वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै माओवादीले २८ वटा नगरपालिकाको उपमेयर, ९३ वटा गाउँपालिकाको उपाध्यक्ष र एक हजार सात वटा वडाको अध्यक्ष पद जितेको छ ।

एकीकृत समाजवादी

नेकपा एकीकृत समाजवादीले सात वटा नगरपालिकाको मेयर, आठ वटा गाउँपालिकाको अध्यक्ष गरी १५ वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै एकीकृत समाजवादीले आठ वटा नगरपालिकाको उपमयेर र १३ वटा गाउँपालिकाको उपाध्यक्ष पद जितेको छ ।

जसपा

जनता समाजवदी पार्टी जसपाले चार वटा नगरपालिकाको मेयर, १७ वटा गाउँपालिकाको अध्यक्ष, सात वटा नगरपालिकाको उपमेयर र १५ वटा गाउँपालिकाको उपाध्यक्ष पद जितेको छ ।

अन्य/स्वतन्त्र

बाँकी पालिकामा राप्रपा, जनमोर्चा, नेमकिपा, जनमत लगायतका साना दल र स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया