कैलालीका सात नदीमा तटबन्ध निर्माण शुरु
बैशाख ८, २०८१ शनिबार
डोटी - डोटीमा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
ना ५ ख ९६६३ नम्बरको बस बिहान शिखर नगरपालिका–१ गेरुपानी सडक खण्डमा दुर्घटना हुँदा १८ महिनाका एक बालक बेपत्ता भएका इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाले जानकारी दिनुभयो ।
बस सडकबाट सेती नदीको किनारमा खसेको छ । घाइतेको दिपायलमा उपचार भइरहेको छ । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ । बेपत्ता बालककाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।