अमेरिकी विदेशमन्त्रीको अभिव्यक्तिमा चीनको खण्डन, आफ्नो देशलाई बदनाम गर्न खोजेको टिप्पणी

 जेठ १४, २०७९ शनिबार ७:०:५४ | एजेन्सी
unn.prixa.net

सुरक्षा दृष्टिकोणलाई लिएर अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनको अभिव्यक्तिलाई लिएर चीनले खण्डन गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले अमेरिकी विदेशमन्त्री ब्लिंकनले चीनको आन्तरिक मामिलामा हस्तक्षेप र विदेश नीतिलाई बदनाम गर्न खोजेको टिप्पणी गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

बिहीवार भएको एउटा कार्यक्रममा ब्लिंकनले सुरक्षा दृष्टिकोणलाई मध्यनजर गर्दै बेइजिङको बढ्दो प्रभाव सन्तुलित गर्नुपर्ने बताउनुभएको थियो । साथै उहाँले चीनले ताइवानमाथि तनाव बढाएको आरोप पनि लगाउनुभएको थियो ।

चीनले अमेरिकी अधिकारीको वक्तव्य चीनको विकासलाई रोक्न र अमेरिकी शक्ति निरन्तर कायम राख्नमा केन्द्रित रहेको समेत जनाएको छ ।
 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया