ओलीलाई २ पटकसम्म माओवादीले प्रधानमन्त्री बनाइदियो, हिम्मत भए एक्लै बन्नुहोस् : प्रचण्ड

 जेठ १४, २०७९ शनिबार १३:४५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एक्लै जितेर प्रधानमन्त्री हुन चुनौती दिनुभएको छ ।  

संसदमा बोल्दै प्रचण्डले केपी शर्मा ओली अहिलेसम्म २ पटक प्रधानमन्त्री भएकोमा २ पटक नै माओेवादीको सहयोगमा प्रधानमन्त्री भएको स्मरण गराउँदै आउने चुनावमा बहुमत ल्याएर एक्लै प्रधानमन्त्री हुन चेतावनी दिनुभएको हो । एक्लै प्रधानमन्त्री भएको जस्तो दम्भ र घमण्ड हटाउन आग्रह गर्दै प्रचण्डले आफूहरुले सहयोग नगरेको भए ओली एकपटक पनि प्रधानमन्त्री हुनै नसक्ने जिकिर गर्नुभयो । 

‘हाम्रो प्रतिपक्षी दलको नेता जसलाई मैले नै सहयोग गरेर, माओवादी केन्द्रकै सहयोगमा प्रधानमन्त्री हुनुभएको हो । एक्लै भएको छु भन्ने ठान्नुभयो भने त्यो भ्रम हटाइदिनुस्, तपाईं एक्लै प्रधानमन्त्री हुनुभएकै छैन । पहिलो चोटी पनि माओवादी केन्द्रको, तपाईंको भाषामा वैशाखी टेकेर, हुनुभएको हो । दोस्रोपटक हाम्रो पनि भोट लिएर हुनुभएको हो । अब भएर देखाउनुस् त  । अबको चुनावबाट प्रधानमन्त्री बनेर देखाउनुस् तपाईंलाई मानिन्छ, तपाईं एमालेको प्रधानमन्त्री हुनुहोला’, प्रचण्डले भन्नुभयो ।

दम्भ र अहंकारले गर्दा झण्डै २ तिहाईको सरकार ढलेको, सात वटै प्रदेशमा सत्ताबाट बाहिरिएको, राष्ट्रियसभा चुनावमा पराजय भोगेको र पालिका चुनावमा पराजित हुँदासमेत ओली नसुध्रिएको प्रचण्डको आरोप छ । 

‘हुँदा खाँदाको दुई तिहाइको सरकार । दीर्घकालीन ढंगले त्यहाँ रहन्छु भनेर बालुवाटारमा तयारी गर्नुभएको थियो, तर असमयमै बालकोट जानुर्‍याे । आफ्नै सरकार ढलाएर, आफ्नो पार्टी फुटाएर गल्ती गरेँ भनेर महसुस गर्नुभए होला कि भन्ने लागेको थियो  । तर उहाँले धम्की र होच्याउने भाषा बोल्न छाड्नुभएको छैन, यसले घाटा त उहाँलाई नै हो’, प्रचण्डले भन्नुभयो । 
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया