धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
नवलपरासी – विनयी त्रिवेणी गाउँपालिका –१, मा आपसी विवादका कारण कुटपिट हुँदा एक जनाको ज्यान गएको छ ।
विनयी त्रिवेणी गाउँपालिका –१, मा रहेको बाग्लु¨ कालिका क्रसर उद्योग परिसरमा आपसी विवादका कारण कुटपिट भएको हो । आपसी विवादपछि कुटपिटका कारण विनयी त्रिवेणी गाउँपालिका २ वस्ने अन्दाजी २५ वर्षीय रुपेश महतोको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले बताउनुभयो ।
कुटपिटका कारण गम्भीर घाइते हुनुभएका महतोको मध्यबिन्दु सामुदायिक अस्पताल डण्डामा उपचारको क्रममा ज्यान गएको हो । महतोको शव अहिले पोष्टमार्टमका लागि प्राथामिक स्वास्थ्य केन्द्र दुम्कौलीमा राखिएको छ ।
कु
टपिट गरी हत्या गरेको भन्दै ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी नायव उपरीक्षक लामिछानेका अनुसार पक्राउ पर्नेमा वर्ष २२ का सुरज काउचा मगर, वर्ष ३४ का सन्तोषबहादुर थापा, १९ वर्षका सागर थापा, १९ वर्षका मनोज जंग कट्टेल र वर्ष २२ का दिपेन रोक्का रहेका छन् ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक लामिछानेले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ ।