महँगी बढ्याे, भान्साबाटै विद्रोह हुने हो कि भन्ने परिस्थिति बन्दैछ : प्रचण्ड

 जेठ १४, २०७९ शनिबार १४:१४:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महँगीले जनजीवन अस्तव्यस्त बनाउन थालेकाले जसरी पनि यसलाई घटाउनुपर्ने बताउनुभएको छ ।

संसदमा बोल्दै उहाँले पेट्रोलियम पदार्थमा लगाइएको कर घटाएर र हटाएर भए पनि मूल्यवृद्धि रोक्नुपर्ने बताउनुभयो ।  कोराेनाको कारणले सिर्जित परिस्थिति, अर्थतन्त्र, अन्तर्राष्ट्रिय राजनीतिमा देखा परेको नयाँ परिस्थिति र युद्धहरूका कारण विश्वभर नै मूल्य बढेको  तर सरकारले यसलाई सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

‘महँगीको मारले नेपाली नागरिकको ढाड सेकिएकै छ । प्रत्येक भान्साबाट विद्रोह हुने हो कि भन्ने परिस्थिति बन्दैछ । दिन प्रतिदिन बढेको महँगीका कारण जनता आजित हुने परिस्थिति बनेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि जसरी भएको छ हाम्रा छिमेकीहरूले यो मूल्यवृद्धिको मारबाट जनतालाई जोगाउनका लागि पहिला उठाउने भनेको कर छुट दिएर त्यसबाट मूल्य समायोजन गर्ने कोसिस भएको छ । हाम्रो पनि यसअगाडि पेट्रोलियम पदार्थमा जुन कर लगाउने गरिएको छस त्यो कर घटाएर र हटाएर जसरी भए पनि जनतालाई राहत दिने कुरामा सरकारको ध्यान जाओस्’ प्रचण्डले भन्नुभयो ।
 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया