पालिका चुनाव सकियाे भनेर थकाइ मार्ने छुट छैन : लिङ्देन

 जेठ १५, २०७९ आइतबार १५:३९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश र सङ्घको चुनावमा जुट्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ । अध्यक्ष लिङ्देनले प्रदेश र सङ्घको चुनाव सम्मुखमा रहेको उल्लेख गर्दै त्यसको तयारीमा जुट्न पार्टीका नेता कार्यकर्तालाई सचेत गराउनुभएको हो । 

पार्टी स्थापना दिवसको अवसरमा आज आइतवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पालिका तहकाे चुनाव सकियो भनेर थकाइ मार्ने छुट पार्टीका कुनै पनि नेता कार्यकर्तालाई नरहेको पनि स्पष्ट पार्नुभयो । पालिका चुनावमा आफ्नो पार्टी नयाँ शक्तिको रूपमा उदाएको सन्देश दिन सफल भएको दाबी गर्दै अध्यक्ष लिङदेनले अब प्रदेश र सङ्घको चुनावकाे परिणामलाई आफ्नो पक्षमा पार्न सिङ्गो पार्टी पङ्क्ति एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘प्रदेश र प्रतिनिधि सभा चुनाव हाम्रो सम्मुखमा छ । हाम्रा कुनै पनि नेता, कुनै पनि कार्यकर्ता साथीहरूलाई चुनाव सकियो भनेर थकाइ मार्ने सुविधा र छुट छैन । भोलि नै चुनाव छ भन्ने ठानेर आफ्नो मेहनत बढाउन सबै नेता, कार्यकर्ता साथीहरूलाई आह्वान गर्न चाहन्छु ।’

अध्यक्ष लिङ्देनले सत्तारूढ र प्रतिपक्ष दल आबद्ध दुई छुट्टाछुट्टै गठबन्धनको चपेटाको बीचमा पनि पार्टीको तर्फबाट विजयी हुन सफल जनप्रतिनिधिहरू बधाईको पात्र भएको भन्दै उनीहरूको कार्यकालको सफलताको पनि शुभकामना व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया