सम्पर्कविहीन तारा एअरकाे विमान खाेजी कार्य आजका लागि स्थगित

 जेठ १५, २०७९ आइतबार १९:४५:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – पोखराबाट जोमसोमका लागि उडेर सम्पर्कविहीन भएको तारा एअरको विमान खोजी कार्य आजका लागि स्थगित गरिएको छ । 

आज आइतवार दिनभर खोजी गरे पनि विमानको अवस्थाबारे थाहा हुन सकेको छैन । प्रतिकूल मौसमका कारण खोज तथा उद्धारका सबै काम रोकिएको र भोलि साेमवार फेरि बिहानैदेखि हवाई र जमिनबाट खोजी कार्य गरिने सेनाले जनाएको छ । त्यसका लागि हेलिकप्टरसहितको खोज तथा उद्धारको टोली तयारी अवस्थामा रहेको पनि सेनाले जनाएको छ । 

यस्तै तारा एअरले पनि विज्ञप्ति निकालेर आजका लागि खोजी कार्य स्थगित भएको जनाएको छ । यसअघि मानापाथी हिमाल नजिकै विमानको भग्नावशेष भेटिएको शङ्का गरे पनि पुष्टि भने भएको छैन । 

आज बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एअरको जहाज १० बजेर ७ मिनेटमा बेपत्ता भएको हो । जहाजमा १९ जना यात्रु र तीन जना चालक दलका सदस्य गरी २२ जना व्यक्ति सवार रहेका तारा एअरले जनाएको छ । 

अन्तिम अपडेट: पुस २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया