तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग मेयर शाहको आग्रह
पुस १२, २०८१ शुक्रबार
काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ दल नेपाली कांग्रेसलाई ठूलो पार्टी हुनुमा घमण्ड नदेखाउन आग्रह गर्नुभएको छ ।
आज बुधवार काठमाण्डाैमा आयोजना भएको माओवादी केन्द्रबाट जितेका पालिकाका जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा सम्बोधन गर्दै अध्यक्ष दाहालले चुनावमा ठूलाे दल भएकाेमा घमण्ड र अहङ्कार नदेखाउन कांग्रेसलाई आग्रह गर्नुभएको हो । उहाँले विगतमा एमालेलाई अहङ्कार आएको उल्लेख गर्दै कांग्रेसमा पनि एमालेको जस्तै अहङ्कार आउने हो कि भन्ने डर देखिएकाे बताउनुभयो ।
अध्यक्ष दाहालले कांग्रेसमा घमण्ड र अहङ्कार चुलिएर माओवादीलाई केही पनि होइन भनेमा एमालेलाई जस्तै ठेगान लगाउने चुनौती दिनुभयो । उहाँले भन्नुभयो – ‘हामीलाई मानिसहरूले कहिलेकाहीँ व्यङ्ग्य पनि गर्छन् । माओवादी आफैँ त केही गर्दैन कहिले एमालेलाई ठूलो बनाउँछ, कहिले कांग्रेसलाई ठूलो बनाउँछ भन्छन् । कहिले एमालेको दम्भ बढाइदिन्छ, अहङ्कार बढेर चरम चुलीमा पुग्छ र कसैलाई मान्छे नगन्ने बनाइदिन्छ, कहिले कांग्रेसलाई भन्ने आरोप पनि छ हामी माओवादीलाई । हिजो एमालेसँग गठबन्धन गर्दा उसलाई यति धेरै अहङ्कार आयो कि उसले नेतृत्वमा सबै हामी नै हो भनेजस्तो गर्याे । हामी एमालेविरुद्ध विद्रोह गर्नुपर्ने ठाउँमा पुग्याैँ । अहिले कांग्रेस पनि फेरि त्यस्तै होला कि भन्ने डर देखिएकाे छ । कांग्रेसमा पनि एमालेजस्तै अहङ्कार र दम्भ चुलिएर माओवादी केही नि होइन भन्याे भने उसलाई पनि एमालेलाई ठेगान लगाएजस्तै लगाउने दिन नआओस् ।
अध्यक्ष दाहालले काठमाण्डाै र धरानमा स्वतन्त्र उम्मेदवारलाई जिताएर नागरिकले माओवादी केन्द्रलाई पाठ सिकाएको बताउनुभयो । चुनाव जित्ने स्वतन्त्र उम्मेदवारहरूले माओवादीको जस्तो कुरा गरेका कारण नागरिकले मत दिएका उहाँले जिकिर गर्नुभयो । उहाँले देशमा अझै कैयौँ दशकसम्म पार्टीहरूले नै राज्य गर्ने उल्लेख गर्दै पार्टी प्रणालीलाई कमजोर बनाएर स्वतन्त्रको राज्य नचल्ने बताउनुभयो ।
अध्यक्ष दाहालले गठबन्धन कायम रहने स्पष्ट पार्दै माओवादी केन्द्रलाई हल्का रूपमा नलिन पनि चेतावनी दिनुभयो । उहाँले माओवादी केन्द्रले जितेका पालिकाहरूमा पार्टीको आधार इलाका हुने गरी काम गर्न निर्देशनसमेत दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
kiran limbu
June 1, 2022, 5:14 p.m.17000 मारेर अझै पनि राजनीतिको फोहोरी खेलमै ब्यस्त छन । कुकुर को पुछार 12 वर्ष ढुङ्रामा राखेनि प्रचन्ड को प्रचन्ड भएपछि एस्तै,ठेगान लाउने ,सिद्ययाउने सोच मात्र अाउछ। सूध्रिने त छाँटकाँट नै छैन।अब मर्ने बेला पनि भयो थोरै भएपनि देश को लागि राम्रो गरेर मर्नु नि मर्दा पनि जन्ता का आसु ,पीडा, स्राप खायेर,लागेर मर्ने भयो।😏