किसानले उत्पादन गरेकाे वस्तुकाे मूल्य सहजै पाउनुपर्छ : कृषि मन्त्रालयका सचिव

 जेठ १८, २०७९ बुधबार २०:३२:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले किसानले उत्पादन गरेको वस्तुको मूल्य सहजै पाउनुपर्ने बताउनुभएको छ । 

आज बुधवार विश्व दूध दिवसको अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले आयोजना गरेको कार्यक्रममा बोल्दै सचिव शर्माले किसानले उत्पादन गरेको वस्तुको मूल्य सहजै पाउनुपर्ने बताउनुभएको हो । उहाँले त्यसका लागि सहजीकरण गर्न सरकार तयार रहेको बताउनुभयो ।  

सचिव शर्माले निर्धक्क भएर दूध उपभोग गर्न सक्ने अवस्था बनाउनका लागि सरोकारवाला सबै मिलेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘किसानहरूले उत्पादन गरेको वस्तुकाे उत्पादन र त्यसकाे बजारीकरणमा हामीले सहयोग गर्नुपर्छ । किसानले उत्पादन गरेको वस्तुको मूल्य पाउनुपर्छ । ’

सचिव शर्माले आउँदाे आर्थिक वर्षकाे बजेटमा सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिएको पनि बताउनुभयो । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया