अस्वस्थकर खानपानबाट बर्सेनि ५५ करोड मानिस बिरामी

 जेठ १९, २०७९ बिहीबार ८:१०:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - खाद्य स्वच्छता दिवस सप्ताहव्यापी रूपमा मनाइँदैछ । ‘स्वच्छ सन्तुलित आहार, स्वस्थ जीवनको आधार’  भन्ने नाराका  साथ  यस  वर्षको  खाद्य  स्वच्छता दिवस सुरु भएको हो ।

दिवस आउँदो २४ गतेसम्म मनाइनेछ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक डा. मतिना वैद्य जोशीका अनुसार खाद्य स्वच्छता सप्ताहमा उपभोक्तालाई खाद्य स्वच्छतासम्बन्धी  चेतनामूलक  कार्यक्रम  हुनेछन्।

विभाग  र  मातहतका  कार्यालयबाट  होटल, रेस्टुरेन्ट अनुुगमन निरीक्षण गरी स्तरीकरण लोगो वितरण गरिनेछ ।  विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को तथ्याङ्कअनुसार अस्वस्थकर खानेकुराका कारण विश्वभर  हरेक  वर्ष  झन्डै  ५५  करोड  मानिस  बिरामी हुने गरेका छन् ।

अस्वस्थकर खानाकै कारण बर्सेनि २ लाख ३० हजारको ज्यान जाने गरेको छ । अस्वच्छकर एवम् दूषित खाद्य पदार्थबाट झाडापखालादेखि क्यान्सरसम्म गरी दुई सयभन्दा धेरै रोग लाग्ने गरेको विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले जनाएको छ।

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया