‘एमालेले प्रधानमन्त्री अफर गरिरहेकाे भन्दै प्रचण्ड र माधव नेपालले हल्ला चलाए’

 जेठ २१, २०७९ शनिबार १७:२४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री छविलाल विश्वकर्माले आउँदाे सङ्घ र प्रदेशको चुनावसम्म सत्तारुढ गठबन्धन टिक्ने अवस्थामा नरहेको दाबी गर्नुभएको छ । नेता विश्वकर्माले सत्तारूढ गठबन्धनलाई टिकाइ राख्न पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले एमालेले आफूहरूलाई प्रधानमन्त्रीमा अफर गरिरहेको हल्ला फैलाएको पनि बताउनुभयो । 

१७ औँ जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा आज शनिवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । एमालेभित्र प्रधानमन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल नै नभएको तर गठबन्धनमा आफ्नो प्रभाव विस्तार गर्न प्रचण्ड र नेपालले त्याे हल्ला फैलाएकाे उहाँकाे भनाइ छ । 

उहाँले भन्नुभयो, ‘बाहिर चर्चा भएजस्तो कसैलाई पनि प्रधानमन्त्री बनाउने भनेर पार्टीले छलफल गरेको छैन । गठबन्धनमा आफ्नो हात माथि पार्न प्रचण्ड र माधव नेपालले त्यस्तो हल्ला चलाइरहेका छन् । त्यो होइन । हामी आफ्नै शक्ति र सामर्थ्यमा आउँदाे चुनावकाे तयारी गर्छाैँ ।’

पालिका चुनावमा पार्टीभित्रकै कमजोरीका कारण अपेक्षाअनुसार नतिजा आउन नसकेको भन्दै नेता विश्वकर्माले आउँदाे सङ्घ र प्रदेशको चुनावमा भने पार्टीको सिङ्गो शक्तिलाई परिचालन गरेर अघि बढ बताउनुभयो ।

पार्टीभित्र असन्तुष्ट नेता, कार्यकर्ताको मागलाई सम्बोधन गरेर सङ्घ र प्रदेशको चुनावकाे तयारीमा लाग्ने पनि उहाँकाे भनाइ छ । 

अन्तिम अपडेट: पुस ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया