विद्यालय आफैँले बनाएको एप सार्वजनिक, अब अभिभावकले घरबाटै गर्नेछन् बालबालिकाकाे निगरानी

 जेठ २१, २०७९ शनिबार २०:६:१० | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक – मेलम्ची कम्युनिटी सेकेन्डरी इङ्ग्लिस स्कुल आफैँले एप्लिकेशन बनाएको छ ।  आज शनिवार एक कार्यक्रमकाबीच एप्लिकेशन सार्वजनिक गरिएको छ । 

केही विद्यालयहरूले अरूले बनाएको एप्लिकेशन प्रचलनमा ल्याएको भए पनि विद्यालय आफैँले बनाएको यो पहिलो एप्लिकेशन भएको विद्यालयका अध्यक्ष दिनेश बस्नेतले जानकारी दिनुभयो । विद्यालयको सूचना प्रविधि शाखाको पहलमा एप्लिकेशन तयार भएको हो ।

यस एप्लिकेशनबाट अभिभावकले घरमै बसेर आफ्ना बालबालिकाको निगरानी गर्न सक्नेछन् । एप्लिकेशनमा शिक्षकको पाठ योजना, गृहकार्य, विद्यार्थीको हाजिरीलगायतको जानकारी रहेको विद्यालयले जनाएको छ । एप्लिकेशनको सुरुवात भएसँगै अब अभिभाकहरूले आफ्नो बालबच्चाको बारेमा बुझ्न विद्यालयमै धाउन पर्ने छैन । विद्यालयले हरेक दिन एप्लिकेशनमा विद्यार्थीको क्रियाकलापबारे अद्यावधिक गराइराख्ने छ ।

Smartmcses नाम गरेको एप्लिकेसन प्ले स्टोर र एप स्टोरबाट डाउनलोड गर्न सकिने विद्यालयले जनाएको छ । 

एप्लिकेशन सार्वजनिक गर्दै विद्यालयले अभिभावकहरूलाई उत्प्रेरणा कार्यक्रम पनि गरेको छ । यस्तै विद्यालयले मेलम्ची नगरपालिकाका नवर्निवाचित जनप्रतिनिधिलाई सम्मान पनि गरेको छ । कार्यक्रममा बोल्दै नगरपालिकाका मेयर आइतमान तामाङले सामुदायिक र सरकारी विद्यालयहरूले गुणस्तरीय र व्यावहारिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया