निजी क्षेत्रका प्रमुख इन्टरनेट सेवा प्रदायकहरूको इन्टरनेटमा समस्या
बैशाख २०, २०८१ बिहिबार
काठमाण्डाै – काठमाण्डौको दक्षिणकाली नगरपालिकाकाे फर्पिङ जङ्गलमा दुई जनाको शव फेला परेको छ । अन्दाजी २०/२१ वर्षका युवक र युवतीको शव फेला परेको फर्पिङ प्रहरीले जनाएको छ । शव घोप्टो परेको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।
मृतकको परिचय खुल्न सकेको छैन । शव भेटिएकाे ठाउँ नजिकै विषको बट्टा पनि फेला परेको छ । हत्या वा आत्महत्या केहो भन्नेबारे खुलेको छैन ।
अहिले काठमाण्डाै जिल्ला प्रहरी परिसर र अपराध अनुसन्धान कार्यालयको टोली अनुसन्धानका लागि घटनास्थलमा पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।