प्रचण्ड गर्मीसँगै महोत्तरीका महिला बर्खायामका लागि ‘गुइँठा’ बनाउन व्यस्त

 बैशाख २०, २०८१ बिहिबार १३:१५:३० | रासस
unn.prixa.net

तस्बिर : रासस

महोत्तरी – प्रचण्ड गर्मीसँगैको तातो हावाका बीच त्यहाँका महिलाहरू बर्खायामका लागि ‘गुइँठा’ बनाउन व्यस्त छन् । मधेशमा खाना पकाउने इन्धनको जोहोमा ‘गुइँठा’ बनाउने व्यस्तता बढेको हो । बर्खामासमा खाना पकाउन त्यहाँका महिला जेठसम्म ‘गुइँठा’ बनाउने काममा व्यस्त हुन्छन् ।

त्यहाँ गोबरमा पराल वा साना झिक्रा हालेर डोलो ‘गुइँठा’ र घरका पर्खालमा गोबर सुकाएर ‘चपरी’ पारिन्छ । गाई, भैँसी पालेका किसानले आफ्नै गोठको गोबरमा र यी पशुवस्तु नपाल्नेले चरन क्षेत्र र बाटाघाटाका गोबर टिपेर घरमा ल्याई थुपारेर ‘गुइँठा’ बनाउँछन् ।

महोत्तरीका १५ पालिकामध्ये १० वटा नगरपालिकामा धेरैजसो ग्रामीण बस्ती नै रहेकाले सबैजसो भेगमा अहिले ‘गुइँठा’ बनाउने काममा महिलाहरू व्यस्त छन् ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया