नौबिसे-मुग्लिन र मुग्लिन-नारायणगढ सडक खण्डमा फेरि पहिरो, सडक ठप्प

 जेठ २७, २०७९ शुक्रबार १०:२८:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नौबिसे-मुग्लिन र मुग्लिन-नारायणगढ सडक खण्डमा फेरि पहिरो गएको छ । पहिरोका कारण यो सडक खण्ड दुईतर्फी नै ठप्प भएको छ । गाडीहरु रोकिएका छन् ।

चितवनको इच्छामनकामना गाउँपालिका-३ फिस्लिङ बजार नजिकैको तोपे खेलामा सुक्खा पहिरो खस्दा नौबिसे–मुग्लिन सडक खण्ड ठप्प भएको हो भने कालीखोलमा गएको पहिरोले मुग्लिन–नारायणगढ सडक ठप्प भएको हो ।

ढुङ्गासहित पहिरो खसेको मुग्लिनका प्रहरी निरीक्षक  सुन्जित तामाङले जानकारी दिनुभयो । सडक खण्ड ठप्प भएकाले आज पनि यो नाकाहरुमै गाडी रोक्न भनिएको छ । अस्तिको पहिरोका कारण गाडी चापमा चलिरहेका बेला फेरि आज अर्का पहिरो गएको हो ।

अस्ति गएको पहिरो १४ घण्टापछि बल्ल हिजो दिउँसो अबेर हटाएर सडक खुलाइएको थियो । अस्तिको पहिरोका कारण अघि बिहानसम्म यो सडक खण्डमा लामो जाम थियो । जामका कारण यात्रुले सास्ती पाएका छन् । विशेषगरी बिरामी, बालबालिका र ज्येष्ठ नागरिक मर्कामा परेका छन् । 

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया