ताइवानले स्वतन्त्रताको घोषणा गरे चीन ‘युद्ध सुरु गर्न हिचकिचाउने छैन’ : बेइजिङ

 जेठ २७, २०७९ शुक्रबार २०:२२:१६ | एजेन्सी
unn.prixa.net

ताइवानले स्वतन्त्रताको घोषणा गरेमा बेइजिङले ताइवानमाथि युद्ध सुरु गर्ने चीनले चोतावनी दिएको छ ।

चिनियाँ रक्षा मन्त्रीले अमेरिकी समकक्षीसँग आज शुक्रवार पहिलो पटक भएको प्रत्यक्ष वार्तामा चेतावनी दिँदै बेङजिङले ताइवानविरूद्ध युद्ध घोषणा गर्न सक्ने बताउनुभएको हो ।

‘यदि कसैले ताइवानलाई चीनबाट विभाजन गर्ने आँट गर्छ भने लागत जस्तोसुकै भए पनि चिनियाँ सेनाले युद्ध सुरु गर्न पक्कै हिचकिचाउने छैन’, वु कियानले लोइड अस्टिनसँगको बैठकमा रक्षा मन्त्री वे फेन्घेले राखेको भनाइलाई उद्धृत गर्दै गर्नुभयो । 

चिनियाँ रक्षा मन्त्रालयका अनुसार चीनको बेइजिङले ‘ताइवान स्वतन्त्रता’ को बहानामा हुने चीनविरोधी षड्यन्त्रलाई नष्ट गर्ने र मातृभूमिको एकीकरणलाई दृढतापूर्वक समर्थन गर्ने प्रतिज्ञा गरिएको जनाएको हो । ‘ताइवान चिनियाँ भूमि’ भएको जोड दिँदै चीनविरूद्ध ताइवानको प्रयोग कहिल्यै विजयी नहुन नसक्ने चिनियाँ रक्षा मन्त्रालयले बताएको हो ।

अमेरिकी रक्षा मन्त्रालयले बताएअनुसार सिङ्गापुरमा भएको वार्ताका क्रममा अस्टिनले आफ्नो चिनियाँ समकक्षीलाई बेइजिङले ‘ताइवानतर्फ थप परिवर्तन गर्ने कार्यहरूबाट अलग रहनुपर्छ’ भन्नुभएको थियो ।  

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया