अछामका युवा उद्यमी शाह अस्ट्रेलियाका लागि पर्यटन दूतमा नियुक्त

 जेठ २८, २०७९ शनिबार १०:२५:३८ | विमल बिष्ट
unn.prixa.net

काठमाण्डौ – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सुदूरपश्चिमको अछाम कालिमाटीका युवा उद्यमी स्वतन्त्रप्रताप शाहलाई अस्ट्रेलियाका लागि पर्यटन दूतमा नियुक्त गरेको छ । नेपाल सरकारको मन्त्रिस्तरीय निर्णयले उहाँलाई दुई वर्षका लागि पर्यटन दूतमा नियुक्त गरेको हो । 

मन्त्रालयले आज शनिवार शाहलाई पर्यटन दूतमा नियुक्त गरिएको पत्र प्रदान गरेको छ । मन्त्रालयका सह–सचिव होमप्रसाद लुइँटेलले शाहलाई नियुक्ति पत्र हस्तान्तरण गर्नुभएको हो । 

शाहले नेपाली राजदूतावाससहित सरोकारवाला निकायहरूसँगको सहकार्यमा पर्यटन प्रवद्र्धनका लागि काम गर्नु हुनेछ । शिक्षण र होटल व्यवसायमा आबद्ध शाह अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासङ्घका अध्यक्षसमेत हुनुहुन्छ । 

यसैगरी उहाँले गैरआवासीय नेपाली सङ्घ अस्ट्रेलियाका लागि उपाध्यक्ष भएर काम गरिसक्नु भएको छ । कला क्षेत्रमा समेत रूचि राख्ने शाहले नेपालको पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने मन्त्रालयले अपेक्षा लिएको छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया