यू–१९ महिला एशिया कप 'सुपर–फाेर' : श्रीलङ्कासँगकाे खेलमा ने...
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै - कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ ले अतिथिलाई सरकारी खर्चबाट फूल, माला, खादा नकिन्ने भएको छ ।
वडा नम्बर १ को कार्यालयले सूचना निकालेर वडामा हुने सार्वजनिक कार्यक्रममा वडा अध्यक्ष, सभाध्यक्ष तथा प्रमुख अतिथि रहने कार्यक्रमहरुमा कुनै पनि अतिथिलाई सरकारी खर्चमा खादा, माला नलगाउने जनाएको छ ।
खादा र मालामा धेरै रकम खर्च हुने गरेको र वास्तविक खर्चभन्दा धेरैको बिल समेत बनाएको पाइएकाले वडाको खर्चमा फूलमाला र खादा नकिन्ने निर्णय गरिएको वडाअध्यक्ष उत्तरदेव भट्टले जानकारी दिनुभयो ।
‘सबै पुरानै ढाँचाबाट चल्नुपर्छ भन्ने छैन, हजारौँ रुपैयाँका खादा, माला किनेर अनुत्पादक क्षेत्रमा खर्च हुने र बढी रकमको बिल बुझाएर अनियमितता गर्ने क्रम रोकियोस् भनेर यस्तो निर्णय गरेका हौँ’' भट्टले भन्नुभयो ।
यस्तै वडाले कार्यक्रममा सभाध्यक्ष र प्रमुख अतिथिबाहेक अरुलाई आसन ग्रहण नगराउने भएको छ ।
‘आसन ग्रहण गराउँदा सभाध्यक्ष र प्रमुख अतिथिको आसन ग्रहणपछि उपस्थित सबैलाई एकमुष्ट आसन ग्रहण गर्ने विधि बसालेर कार्यक्रम विषय लक्षित र समयको महत्त्वलाई आत्मसाथ गरेर सञ्चालन गरिनेछ ’ सूचनामा भनिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।