कांग्रेसको एकलौटी सरकार हाेइन, चाहेअनुसार धेरै काम गर्न सक्ने अवस्था छैन : देउवा

 जेठ २९, २०७९ आइतबार १५:४९:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार कांग्रेसको एकलौटी नभएकाले चाहेअनुसार धेरै काम गर्न सक्ने अवस्था नरहेको बताउनुभएको छ । 

कांग्रेसको एकलौटी सरकार नभएकाले नेपाल ट्रेड युनियन कांग्रेसले धेरै माग दाबी गर्न नमिल्ने पनि बताउनुभयो । आज आइतवारदेखि काठमाण्डाैमा सुरु भएकाे नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलनमा बोल्दै उहाँले भन्नुभयाे, ‘याे कांग्रेसकाे एकलाैटी सरकार हाेइन भन्ने कुरा तपाईँहरूले बुझ्नुपर्‍याे । तपाईँहरूले धेरै माग दाबी गर्ने कुरा छैन । अरू कतिपय तपाईँहरूले अति महत्त्वपूर्ण कुराहरू उठाउनुभएको छ । कतिपय बजेटमा आएका छन् । छैनन भने पनि हामीहरू त्यसलाई पूरा गर्नेछौँ ।

प्रधानमन्त्री देउवाले श्रमिकहरूको हक, अधिकारको सुरक्षा र उनीहरूका लागि आवश्यक सुविधा उपलब्ध गराउन सरकार दृढ सङ्कल्पित रहेको बताउनुभयो । नेपालको संविधान र कानुनले श्रमिकहरूको हक अधिकारलाई सुनिश्चित गरेको उल्लेख गर्दै त्यसलाई पूर्णरूपमा कार्यान्वयन गराउन पनि सरकार प्रतिबद्ध रहेको उहाँकाे भनाइ छ । 

पछिल्लो समय रुस–युक्रेन युद्धका कारण श्रम बजार प्रभावित भइरहेको उल्लेख गर्दै उहाँले यस्तो अवस्थामा श्रमिकहरूको समस्या समाधानका लागि सम्बन्धित सबै पक्षले ध्यान दिन जरुरी रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले विपन्न र अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरहरूको हितका लागि सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएको स्मरण गराउनुभयो । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया