संसदमा रासायनिक मलकाे विषयमा छलफल, सत्तापक्षकै सांसदद्वारा सरकारको आलोचना

 जेठ ३०, २०७९ सोमबार १४:४५:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभाको आज साेमवारको बैठकमा बजेटमाथिको नियमित छलफल स्थगित गरेर रासायनिक मलको विषयमा छलफल भएकाे छ । देशमा किसानले रासायनिक मल नपाएर खेती लगाउनै नपाउने अवस्था आएको भन्दै नेकपा एमालेले बजेटमाथिको छलफल स्थगन गरेर मलबारे विशेष छलफलको प्रस्ताव राखेको थियो । 

एमालेमा प्रमुख सचेतक विशाल भट्टराईलगायत १५ सांसदले स्थगनको प्रस्ताव राखेपछि सभामुखले बजेटमाथिको छलफल स्थगन गरेर मलबारे छलफल गर्न दुई घण्टाको समय छुट्याउनुभएको थियो । प्रस्ताव राख्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले किसानले मल कहिले पाउँछन् भन्ने विषयमा सरकारको जवाफ माग गर्नुभएको छ । उहाँले मल केही दिनमा आउँछ भनेर मन्त्रीहरूले भन्ने गरेको उल्लेख गर्दै कुन दिन किसानले मल पाउने हो त्यसको जवाफ दिनुपर्ने बताउनुभयो । 

यस्तै बैठकमा एमालेकै सांसद खगराज अधिकारीले मल कहाँ आइपुग्यो भनेर सरकारले जवाफ दिनुपर्ने भन्दै चार लाख मेट्रिक टन नै मल ल्याउन माग गर्नुभयो । किसानलाई अहिले मल चाहिएको तर सरकारले आउने हिउँदसम्म पनि मल नल्याउने डर बढेको भन्दै मल आजै र अहिल्यै चाहिएको बताउनुभयो । 

छलफलमा नेपाली कांग्रेसकी सांसद पार्वता चौधरी डीसीले भने सत्ता गठबन्धनबाटै मन्त्री बनेका कृषिमन्त्री महिन्द्र राय यादवको कारण सरकार बदनाम भइरहेको भन्दै आलोचना गर्नुभयो । संसदमा निकै दिनसम्म मल अभावबारे सांसदले प्रश्न उठाइरहेको बेला कृषिमन्त्री विदेश भ्रमणमा रहनु गैरजिम्मेवारीपन भएको भन्दै सांसद डीसीले काम गर्न नसक्ने मन्त्रीका कारण प्रधानमन्त्रीकै बेइज्जत भएको दाबी गर्नुभयो । 

मल अभावबारे एमालेले राखेको छलफल प्रस्तावमा सत्तारूढ दलकै सांसदले पनि समर्थन जनाएका छन् । 

अन्तिम अपडेट: असोज १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Roshan Tamang

    June 13, 2022, 2:56 p.m.

    राम्रो सुझावको लागि धन्यवाद

  •  0 Reply

तपाईको प्रतिक्रिया