एसपीपीबारे सरकारको जवाफ : अमेरिकी प्रस्ताव आएकै छैन, सरकारलाई बदनाम गराउन खोजियो

 असार १, २०७९ बुधबार १३:३९:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले अमेरिकाबाट स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को प्रस्ताव नआएको बताएकाे छ ।

एसपीपीको प्रस्तावबारे संसदमा सांसदहरुले सरकारको जवाफ मागेपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले अमेरिकाबाट कुनै प्रस्ताव नआएको प्रष्ट पार्नुभएकाे हाे । उहाँले सरकारको बदनाम गर्नका लागि सुनियोजित ढङ्गले एसपीपी सम्झौता गर्न लागेको लगायतका हल्ला चलाइएको पनि आरोप लगाउनुभयो ।

‘नेपाल सरकारले कुनै पनि स्टेट पार्टनरसिप प्रोग्रामका लागि निम्तो गरेको छैन । प्रस्ताव राखेको छैन । हामीकहाँ प्रस्ताव आएको छैन, झुट्टा कुरा फैलाएर सरकारलाई बदनाम बनाउने खेल भएको मात्रै हो’ मन्त्री कोइरालाले भन्नुभयो ।

नेपालीलाई धेरै मुद्दामा वनको बाघले भन्दा पनि मनको बाघले खाने गरेको भन्दै मन्त्री कोइरालाले देशको सार्वभौमिकता, अखण्डता र असंलग्नताको सिद्धान्तबाहिर जाने कुरा सोच्न पनि नसकिने बताउनुभयो।  

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया