कर्णाली प्रदेशकाे बजेट : मौसम अनुकूल कृषि बालीको वृद्धि प्राथमिकतामा (पूर्ण पाठ)

 असार १, २०७९ बुधबार १९:१२:१९ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेश सरकारले ३२ अर्ब ६१ करोड ६१ लाख ६१ हजार रुपैयाँकाे बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले आउँदाे आर्थिक वर्ष २०७९/८० का लागि बजेट सार्वजनिक गर्नुभएको हो ।

चाँडो प्रतिफल प्राप्त हुने र अधुरा आयोजना पूरा गर्ने, सबल र दक्ष जनशक्ति उत्पादन, स्वावलम्बी र सीपमूलक जनशक्ति उत्पादन गर्न आधुनिक पाठ्यसामग्री निर्माण, , उद्योगमार्फत तुलनात्मक लाभका वस्तु उत्पादन, पर्यटकीय पूर्वाधारमा लगानी जस्ता विषय बजेटको प्राथमिकतामा रहेका मन्त्री विष्टले बताउनुभयो ।

कर्णाली प्रदेशमा प्रादेशिक सडक ऐन तर्जुमा गरी कार्यान्वयनमा ल्याउने, भेरी र कर्णाली कोरिडोर निर्माण र स्तरोन्नतिका लागि सङ्घीय सरकारसँग सहकार्य गर्ने, प्रदेशका सबै जिल्लामा कम्तीमा एउटा सडक आयोजनालाई प्रदेश महत्त्वको आयोजनाको रूपमा सञ्चालन गर्ने लगायतका कार्यक्रमहरू बजेटमा उल्लेख गरिएका छन् । 

अन्तिम अपडेट: बैशाख १, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया