यी कलाकारहरूले विमानस्थलकाे भीआईपी कक्ष प्रयाेग गर्न पाउने

 असार १, २०७९ बुधबार २०:८:२८ | विमल बिष्ट
unn.prixa.net

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेकाे पहलमा नेपालका ४० जना कलाकारले विमानस्थलको भीआईपी (अति विशिष्ट/विशिष्ट) कक्ष प्रयोग गर्न पाउने भएका छन् ।

चलचित्र विकास बाेर्डले उपलब्ध गराएको विशिष्ट श्रेणीको परिचयपत्रका आधारमा ४० जना कलाकारले विमानस्थलकाे भीआईपी कक्ष प्रयोग गर्न पाउने भएका हुन् । बाेर्डले जारी गरेको परिचयपत्रका आधारमा विमानस्थल कार्यालयले विदेश जाँदा तथा फर्किँदा विशिष्ट श्रेणीका कलाकारलाई भीआईपी कक्ष प्रयोग गर्न दिइने जनाइएको छ ।

विशिष्ट श्रेणीको कलाकारको परिचयपत्र प्राप्त गर्नेहरूमा हरिवंश आचार्यदेखि राजेश हमाल, नीर शाह, शिव श्रेष्ठ, कृष्ण मल्ल, मिथिला शर्मा, राजेन्द्र खड्गी, अशोक शर्मा, शम्भुजित बाँस्कोटालगायतका रहनुभएको छ ।

बाेर्डको पत्रलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सदर गर्दै गृह मन्त्रालयलाई भीआईपी कक्ष उपलब्ध गराउनका लागि पत्राचार गरिसकेको छ । विसं २०७३ सालमा बार्डले विशिष्ट श्रेणीको कलाकारको परिचयपत्रका लागि आवेदन दिन आग्रह गरेको थियो । 

अन्तिम अपडेट: चैत ९, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया