काठमाण्डौ महानगरकाे बजेट सिलिङ : वडाका पदाधिकारीको बैठक भत्तामा १ करोड ३८ लाख रुपैयाँ

 असार २, २०७९ बिहीबार १६:३५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले आउँदो आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका लागि वडाहरूलाई बजेटको सिलिङ पठाएको छ ।

महानगरपालिकाले ३२ वटा वडालाई ठूला, मझौला र साना वडामा वर्गीकरण गरेर बजेटको सिलिङ पठाएको हो । वडा कार्यालयबाट कार्यान्वयन हुने प्रशासनिक,सामाजिक र पूर्वाधार खर्चतर्फ निर्धारण गरिएको सीमाभित्र रहेर सात दिनभित्र सिलिङ पठाउन महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले परिपत्र गर्नुभएको छ ।

३२ वटै वडाले गरेर आउँदो वर्षका लागि दुई अर्ब ७१ करोड ५३ लाख रुपैयाँसम्मको बजेट माग गर्न सक्नेछन् । प्रशासनिकतर्फ ठूला, मझौला र साना वडा कार्यालयहरूले १३ लाख पाँच हजार रुपैयाँका दरले पाउनेछन् । यस्तै सामाजिक विकास, खेलकुद र अन्य कार्यक्रमका लागि ठूला वडाले २७ लाख, मझौला वडाले २१ लाख ५० हजार र साना वडाले १६ लाख ५० हजार रुपैयाँ पाउनेछन् । यस्तै पूर्वाधार विकासतर्फ ठूला वडाले १० करोडसम्म, मझौलाले सात करोड ५० लाखसम्म र साना वडाले पाँच करोड रुपैयाँसम्मको बजेट माग गर्न सक्नेछन् । समग्रमा ठूला वडाले १० करोड ४० लाख, मझौलाले सात करोड ८४ लाख र साना वडाले पाँच करोड २९ लाख रुपैयाँसम्म पाउनेछन् । 

महानगरले बजेटको सिलिङ बनाउँदा पदाधिकारी बैठक भत्ताका लागि चार लाख ३२ हजार रुपैयाँ भित्रै रहने गरी बनाउन भनेको छ । यसरी ३२ वटा वडाले पदाधिकारीको बैठक भत्तामा एक करोड ३८ लाख २४ हजार रुपैयाँसम्म बजेट खर्च गर्न पाउनेछन् । यस्तै पानी बिजुलीका लागि ६४ लाख, सञ्चार महसुलका लागि १५ लाख ३६ हजार, मसलन्द तथा कार्यालय सामग्रीमा ८८ लाख, पत्रपत्रिका छपाइ तथा सूचना प्रकाशन खर्चमा ३२ लाख र विविध खर्चमा ८० लाख रुपैयाँसम्म बजेट माग गरेर खर्च गर्न सक्नेछन् । 

महानगरको बजेटको सिलिङ यस्तो छ–

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया