एसपीपीबारे छलफल गर्न संसदीय समितिले प्रधानसेनापतिलाई बोलायो

 असार २, २०७९ बिहिबार १९:३८:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल र अमेरिकाबीच भएको भनिएको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) को विषयमा छलफल गर्न संसदीय समितिले प्रधानसेनापतिलाई बोलाएको छ ।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले एसपीपीको सत्य/तथ्यबारे छलफल गर्न भोलि शुक्रवार प्रधानसेनापति प्रभुराम शर्मालाई बोलाएको हो । अमेरिकी सैन्य गतिविधिसँग सम्बन्धित एसपीपी सम्झौता भएको वा नभएको विषयमा फरक–फरक विवरण सार्वजनिक भइरहेको बेला समितिले भोलि बिहान ९ बजे आधिकारिक व्यक्तिहरूलाई बोलाएर छलफल गर्न लागेको हो ।

छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाको सम्भावित अमेरिका भ्रमणको विषय पनि समावेश छ । यसका लागि पराष्ट्रमन्त्री डाक्टर नारायण खड्कालाई समितिले बोलाएको छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया