रोपाइँ सुरु भयो, मल छैन

 असार ३, २०७९ शुक्रबार ७:११:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - यस वर्ष मनसुन चाँडै सुरु भएपछि असार नलाग्दै धान रोपाइँ सुरु भएको छ ।

काठमाण्डौ उपत्यकासहित धेरै जिल्लाका किसानलाई यतिखेर धान रोपाइँको चटारो परेको छ । खेतमा पानी भरिएपछि किसानलाई धान रोप्ने चटारो परेको हो ।

अघिल्ला वर्षमा असारको पहिलो हप्तापछि मात्रै रोपाइँ सुरु हुने र असारको १५ ताका किसानलाई चटारो पर्ने भए पनि यसपालि असार नलाग्दै रोपाइँ सुरु भएको छ । कतिपय किसानले धानको बिउ छोटो भए पनि रोपाइँ सुरु गरेका छन् ।

सिँचाइ अभावका कारण आकाशे पानीका भरमा रोपाइँ गर्नुपर्ने भएकाले काठमाण्डौ उपत्यकाका किसान खेतमा पानी भरिएपछि रोपाइँमा लागेका हुन् । रोपाइँ सुरु भए पनि धानखेतीका लागि नभइ नहुने रासायनिक मलको भने अभाव छ ।

समयमै पानी परेकाले यस वर्ष धानको उत्पादन बढ्ने आशामा बसेका किसान मल नभएपछि उत्पादन आधा घट्नेमा चिन्तित छन् । सरकारले यो महिनाको अन्त्यसम्ममा मल सहज हुने दाबी गरेको छ । 

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया