घुस लेनदेनकाे अडियाे प्रकरणमा न्यायाधीश– ‘अनुचित काम गरेकाे छैन, छानबिनमा सघाउँछु’

 असार ८, २०७९ बुधबार १५:११:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : फेसबुक

काठमाण्डाै – व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन घुस लेनदेनबारे भएको अडियो सार्वजनिक भएपछि विवादमा आएका काठमाण्डाै जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले आफूले अनुचित काम नगरेको दाबी गर्नुभएको छ । 

हिजो मङ्गलवार बेलुकी सार्वजनिक अडियोमा न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी तामाङलाई धरौटीमा छुटाउन घुस लेनदेनबारे कुराकानी भएको छ । न्यायाधीश कोइरालाले फेसबुकमा स्टाटस लेखेर आफ्नाबारे सार्वजनिक भएको समाचारप्रति ध्यानाकर्षण भएको भन्दै घटनाबारे न्याय परिषद्बाट छानबिनकाे माग गर्नुभएको छ । आफूबाट कुनै अनुचित काम नभएको र विभिन्न प्रभाव र दबाबका बाबजुद निष्पक्ष भूमिका निर्वाह गरेको उहाँको दाबी छ । 

सार्वजनिक भएको अडियोमा तामाङलाई १० करोडमा छुटाउँदा दुई करोड रुपैयाँ आफूहरूलाई आउने भन्दै पोखरेलले कोइरालालाई भनेको सुनिन्छ । त्यसमा कोइराला आफू तयार रहेको तर माथिल्लो निकायबाट पनि जानकारी आउनुपर्ने बताउनुभएको छ । अडियो सार्वजनिक भएपछि काठमाण्डाै जिल्ला अदालतले न्यायाधीश कोइरालालाई आज कुनै पनि इजलास तोकेको छैन । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया