अमेरिकाले चिनियाँ सामानमा लगाएको अतिरिक्त कर हटाउनुपर्नेमा चीनको जोड

 असार १०, २०७९ शुक्रबार ७:२५:३३ | एजेन्सी
unn.prixa.net

अमेरिकाले चिनियाँ सामानमा लगाएको सबै अतिरिक्त कर हटाउनुपर्नेमा चीनले जोड दिएको छ ।

अतिरिक्त कर हटाउँदा दुवै देशलाई फाइदा हुने चीनको भनाइ छ । चिनियाँ वाणिज्य मन्त्रालयले अमेरिकाले चिनियाँ सामानमा लगाएको सबै अतिरिक्त कर हटाउँदा अमेरिका, चीनलगायत समग्र विश्वलाई फाइदा पुग्ने उल्लेख गरेको छ ।

बढ्दो मुद्रास्फीतिको वर्तमान अवस्थालाई ध्यानमा राख्दै अमेरिकी पक्षले चिनियाँ मालसामानमा आफ्नो अतिरिक्त कर जति छिटो हटाउँछ, त्यति नै चाँडो उपभोक्ता तथा व्यवसायले लाभ उठाउने मन्त्रालयका प्रवक्ता शु जुटिङले बताएको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

उहाँले दुवै पक्षको जितको अवस्था अर्थात समाधानको मध्यबिन्दु खोजेर आर्थिक तथा व्यापार सहयोगका लागि वातावरण सिर्जना गर्न संयुक्त प्रयास गर्नुपर्ने बताउनुभयो । साथै दुई देश र विश्वका आम नागरिकलाई लाभ पुर्याउन विश्वव्यापी औद्योगिक तथा आपूर्ति श्रृङ्खलाको स्थिरता कायम राख्नुपर्नेमा पनि उहाँको जोड छ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया