नेताहरू घमण्डी हुँदा देश बनेन : नवनियुक्त मन्त्री चौधरी

 असार १३, २०७९ सोमबार १४:५४:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नवनियुक्त सहरी विकास मन्त्री मेटमणि चौधरीले नेताहरू घमण्डी भएकाले देश अघि बढ्न नसकेको दाबी गर्नुभएको छ । 

आज सोमवार पद तथा गोपनीयताको शपथपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री चौधरीले यस्तो बताउनुभएको हो । उहाँले देश चलाउने मान्छे घमण्डी हुन्जेल देश अघि बढ्न नसक्ने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘देश अघि जान नसक्नुको एउटा मात्रै कारण के हो भने हामी सबै धेरै घमण्डी भयौँ । देश चलाउने मान्छे पनि घमण्डी भयौँ । कर्मचारीको बारेमा त के भनौँ र ? हामीले आफ्नो तर्फबाट जे गर्नुपर्ने हो त्यो
गरिरहेका छैनौँ । हामी नेताहरू आफू बच्नका लागि सुरक्षित नीति, नियम बनाउने । आफूलाई संरक्षण गर्ने किसिमका कानुन बनाउन खोज्ने । कुनै पनि व्यक्तिले बलियाे सङ्कल्प नगर्दासम्म देश बन्दैन । देश बनाउनका लागि सबैले सामूहिक रूपमा प्रतिबद्धता जनाऔँ ।’

मन्त्री चौधरीले देश बनाउनका लागि सामूहिक प्रतिबद्धता जनाएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले मन्त्रीहरूले घुस खाँदा पैसा धेरै कमाउने र देश नबन्ने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया