सुन्तलाखेतीले दोसल्ले गाउँको मुहार फेरियो : ‘बसाइँसराइ राेक...
माघ १४, २०८१ सोमबार
उदयपुर – निरन्तरको वर्षाका कारण उदयपुरको सदरमुकाम गाईघाट बजार क्षेत्रका सयौँ घर पसल डुबानमा परेका छन् । बजार क्षेत्र डुबानमा परेपछि त्यहाँका पसलमा बिक्रीका लागि राखिएका विभिन्न उपभोग्य वस्तु सबै नष्ट भएका छन् ।
पचासौँ लाखभन्दा धेरैको सामान नोक्सान भएको स्थानीय व्यापारीले बताएका छन् । तर क्षतिको यकिन विवरण भने आइसकेको छैन । अहिले पानी केही कम भए पनि अवस्था सहज नभएको र फाट्टफुट्ट पसल मात्रै खुलेका उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोख्रेलले जानकारी दिनुभयो । अहिले डुबान प्रभावित बजार क्षेत्रको अनुगमन भइरहेको उहाँको भनाइ छ ।
मुख्य गरेर गाईघाट बजार क्षेत्रको शान्तिनगर टोल, ज्योति टोल, प्रतिभाटोल र मुख्य बजार क्षेत्रको पुरानो बसपार्क क्षेत्र तथा पिलचौक र सङ्गमटोलका अधिकांश घर र पसल डुबानमा पर्दा पसलमा राखिएका धेरैजसो उपभोग्य वस्तु नष्ट भएको पसल सञ्चालक दीपक कार्कीले बताउनुभयो । यसैबीच उदयपुरको चौदण्डीगढी नगरपालिका–५ मा त्रियुगा नदी नियन्त्रणका लागि लगाइएको बाँध बाढीले भत्काएको छ । बाँध भत्काएर झण्डै १० बिगाहा खेतमा बाढी पसेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।