साढे ५७ अङ्कले बढेको शेयर बजारमा हरियाली, झन्डै साढे २ अर्ब रुपैयाँको कारोबार

 असार १९, २०७९ आइतबार १५:१६:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार साढे ५७ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ५७ दशमलव ६१ अङ्कले बढेर दुई हजार ८६ दशमलव ३८ विन्दुमा पुगेको छ । 

आज सबै समूहको शेयर बढेर बजारमा हरियाली देखिएको छ । व्यापार, जलविद्युत, बीमा र लघुवित्त समूहको शेयर उच्च अङ्कले बढेको छ ।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । दुई सय ३१ वटा कम्पनीका ६२ लाख २७ हजार कित्ता शेयर दुई अर्ब ४८ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको २२ करोड २८ लाख रुपैयाँको शेयर किनबेच भयो । 

आज साल्ट ट्रेडिङ, हिमालयन पावर पार्टनर, अपर तामाकोसी, साञ्जेन जलविद्युत्, नेष्डो समृद्ध लघुवित्त र सीवाईसी नेपाल लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । समग्रमा बजार बढे पनि ङादी ग्रुप पावर कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया