खोटाङकाे हलेसी तुवाचुङमा लोपोन्मुख तिलुङ भाषाकाे पठनपाठन सुरु

 असार २१, २०७९ मंगलबार १३:१०:३३ | दमन राई
unn.prixa.net

खोटाङ - खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा लोपोन्मुख तिलुङ भाषामा पठनपाठन सुरु गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारको बालविकास आधारभूत विद्यालय पिपचाहीमा चालु शैक्षिक–सत्रदेखि कक्षा १ बाट तिलुङ भाषाको ऐच्छिक विषय पठनपाठन सुरु गरिएको हो । 

तिलुङ भाषाको पठनपाठनका लागि नगरपालिकाको आर्थिक सहयोगमा तिलुङ राई बुगाकिमले पाठ्यपुस्तक तयार पारेको हो । चालु शैक्षिक–सत्रबाट च्यास्मीटारकै पिपलटार आधारभूत विद्यालयमा पनि तिलुङ भाषामा पठनपाठन सुरु गर्ने तयारी गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राईले बताउनुभयो । 

लोपोन्मुख बनेको भाषाको संरक्षण र संवर्द्धनका लागि तिलुङ भाषी विद्यार्थीको बाहुल्यता रहेको विद्यालयमा त्यही विषयलाई ऐच्छिक विषयका रुपमा समावेश गरिएको हो । अहिलेसम्म कक्षा ३ सम्मको पाठ्यक्रम तयार पारिसकिएको तिलुङ राई बुगाकिमले जनाएको छ। 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया