रामेछाप बस दुर्घटना : ज्यान गुमाउने १३ जनाकै परिचय खुल्याे

 असार २१, २०७९ मंगलबार १९:३९:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

रामेछाप – रामेछापबाट काठमाण्डाैका लागि छुटेको बस दुर्घटना हुँदा १३ जनाको ज्यान गएको छ । नाै जनाको घटनास्थलमा र चार जनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । दुर्घटनामा अन्य २२ जना घाइते भएका छन् । 

दुर्घटनामा सुनापति गाउँपालिका ५ रामेछापका ठूलो तामाङ, बुद्ध लामा, रामबहादुर श्रेष्ठ, नेमा तामाङ, सन्जु आले मगर, विपना तामाङ र खटबहादुर तामाङको ज्यान गएको हो । यस्तै सुनापति गाउँपालिका ४ की समिता तामाङ,  सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ९ की धनमाया तामाङ, रोशी गाउँपालिका ४ काभ्रेका कमल तामाङ, पाँचखाल नगरपालिका ८ काभ्रेका सुदीप बस्नेत, मन्डनदेउपुर ९ काभ्रेका शुभलक्ष्मी मानन्धर र पाँचखाल नगरपालिका ५ काभ्रेका कुलबहादुर विकको दुर्घटनामा ज्यान गएको प्रहरीले जनाएको  छ । 

२२ जना घाइतेमध्ये एक जना उपचारपछि डिस्चार्ज भएका छन् भने २१ जनामध्ये १२ जनाको धुलिखेल अस्पताल काभ्रे, सात जनाको बीएण्डबी अस्पताल काठमाण्डौ र दुई जनाको केएमसी अस्पताल सिनामङ्गलमा उपचार भइरहेको छ ।  

आज बिहान बा ३ ख ८३९६ नम्बरकाे बस रामेछापको सुनापती गाउँपालिका ५ र खाँडादेवी गाउँपालिका १ को सिमानामा दुर्घटना थियो । कारण नखुलेको भए पनि 'ब्रेक फेल' भएर दुर्घटना भएको अनुमान गरिएको छ । आज दुर्घटना भएको गाडी हिजो पनि ब्रेक फेल भएर विभिन्न समस्या देखिएको थियो । राम्ररी मर्मत नगरि चलाएकाले आज दुर्घटना हुन पुगेको सुनापती गाउँपालिकाका अध्यक्ष ठूलाकान्छा तामाङले बताउनुभयो । बसका चालकलाई प्रहरीले पक्राउ गरेको छ । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया