सोनमा गाउँपालिकाको बजेट ४३ करोड रुपैयाँभन्दा बढी

 असार २१, २०७९ मंगलबार २०:२३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

महोत्तरी – सोनमा गाउँपालिका कार्यालयले आर्थिक वर्ष २०७९/०८० को अनुमानित बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । 

आज मङ्गलवार गाउँपालिकाकाे सभा हलमा आयोजित कार्यक्रममा आउँदाे वर्षका लागि ४३ करोड रुपैयाँभन्दा बढीकाे बजेजेट प्रस्तुत गरिएको हो । गाउँपालिका अध्यक्ष विशेश्वरप्रसाद यादवले ४३ करोड ९८ लाख ४३ हजार रुपैयाँकाे बजेट प्रस्तुत गर्नुभएकाे हाे । 

बजेटमा आन्तरिक स्रोतमार्फत एक करोड, सङ्घीय सरकारको राजस्व बाँडफाँटमार्फत १० करोड २६ लाख, सङ्घीय सरकारको समानीकरण अनुदानमार्फत १२ करोड ८६ लाख, सङ्घीय सरकारको सशर्त अनुदानमार्फत १५ करोड २८ लाख रुपैयाँ उल्लेख गरिएकाे छ । त्यस्तै प्रदेश सरकारको वितीय समानीकरणमार्फत ८३ लाख ३४ हजार, प्रदेश सरकारको विशेष अनुदानमार्फत ३० लाख, प्रदेश सरकारको समपूरक अनुदानमार्फत २० लाख, सडक बाेर्डमार्फत २५ लाख र गएकाे आर्थिक वर्षको सञ्चित तीन करोड रुपैयाँ गरी बजेट विनियोजन गरिएको गाउँपालिकाको कार्यालयले जनाएको छ ।

स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखी विनियोजन गरिएको बजेटमा शिक्षा, कृषिलाई पनि विशेष ठाउँ दिएकाे गाउँपालिकाका अध्यक्ष यादवले बताउनुभयाे । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया