काठमाण्डौ महानगरलाई सफा राख्न सरसफाइ अभियान, अब जे भेट्यो त्यही उठाइने

 असार २२, २०७९ बुधबार ८:४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौ महानगरपालिकाले नगरलाई सफा राख्न भन्दै सरसफाइ अभियान थालेको छ ।

अभियान अन्तर्गत अहिले महानगर भित्रका पाँच ठाउँमा छुट्टाछुट्टै टोली बनाएर सरसफाइकर्मी खटिएका महानगरका नगर प्रहरी प्रमुख धनपति सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले महाराजगञ्ज, कोटेश्वर, कलङ्की, बालाजु र महाङ्काल–टुँडीखेल क्षेत्रमा सफाइ भइरहेको छ । सफाइका लागि ७५ जना सरसफाइकर्मी खटिएका छन्  ।

यो अभियान अन्तर्गत सडकमा ढुङ्गा, माटो वा फाेहर जे भेटिए पनि त्यसलाई उठाइने छ । महानगर क्षेत्रमा नियमित बढार्ने काम भइरहे पनि नतिजा देखिने गरी काम नभए पछि यो अभियान थालेको सापकोटाले बताउनुभयो । काठमाण्डौ महानगरका धेरै ठाउँमा अहिले पानी पर्दा हिलो र घाम लाग्दा धुलो उड्छ ।

यस्तै, ठाउँठाउँमा भएका खाल्डाखुल्डीका कारण यात्रुलाई ओहोरदोहोरमा समस्या हुने गरेको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

1 Comments

  • utsav bhetwal

    July 6, 2022, 10:16 a.m.

    खालि ठाउॅंमा घांस रोपे कसो होला

  •  0 Reply

तपाईको प्रतिक्रिया