अर्थमन्त्रीको सम्बोधनको विषयमा विवाद भएपछि संसद् बैठक २ बजेसम्मका लागि स्थगित

 असार २२, २०७९ बुधबार १३:११:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – विवादमा तानिएका अर्थमन्त्री जनार्दन शर्माको सम्बोधनको विषयलाई लिएर संसद् बैठक पनि प्रभावित भएको छ । शर्माले संसदमा सम्बोधन गर्ने तयारी गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् चल्न नदिने चेतावनी दिएको छ । 

११ बजे बस्ने भनिएको बैठक १ बजेसम्म पनि सुरु हुन नसकेपछि सूचना टाँसेर २ बजेसम्मका लागि स्थगित भएको छ । सभामुख अग्नि सापकोटाले बैठकअघि दलहरूसँग छलफल गरे पनि सहमति नजुटेपछि बैठक स्थगित भएको हो । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया