सुन्तलाखेतीले दोसल्ले गाउँको मुहार फेरियो : ‘बसाइँसराइ राेक...
माघ १४, २०८१ सोमबार
काठमाण्डौ – भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले नेपाली भाषामा विकृति फैलिनुमा सञ्चारमाध्यम दोषी नरहेको दाबी गर्नुभएको छ ।
आज बुधवार आयोगले आयोजना गरेको सञ्चारमाध्यममा भाषा प्रयोगको अवस्था र भावी चिन्तनका सन्दर्भमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष अवस्थीले यस्तो बताउनुभएको हो । सञ्चारमाध्यमलाई आवश्यक मानक दिन नसक्दा कतिपय ठाउँमा भने त्रुटि भइरहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले रेडियो, पत्रपत्रिका र टेलिभिजनमा समाचारका शीर्षकहरू अङ्ग्रेजीमा राख्नुको औचित्य नरहेको पनि बताउनुभयो ।
अध्यक्ष अवस्थीले अंग्रेजी भाषालाई नेपालको संविधानले नचिनेको भन्दै आवश्यकभन्दा बढी स्थान दिइएकाे गुनासाे गर्नुभयाे । उहाँले सरकारले भाषा र सञ्चारलाई सम्मान गर्न नसकेको आरोप पनि लगाउनुभयो । उहाँले भन्नुभयो, ‘हामी सञ्चार जगतले भाषा बिगारेको छ भन्छौँ, सञ्चार जगत भनको विद्यालय, विश्वविद्यालय, समाजको मानक हो तर हामीले सञ्चार जगतका लागि चाहिने मानक दिन सकेका छैनौँ । अहिले भइरहेको प्रयासले पुगेको छैन । भाषाको प्रयोग र सञ्चारको तागतका बारेमा अझै पनि सरकार बेखबर छ । सरकारले भाषालाई सम्मान गर्न सकेको छैन । नेपाली भाषा लगायतका नेपाल उत्पत्तिका भाषाहरू ओझेलमा पर्दै जाने । आयातित भाषा, खास गरेर अङ्ग्रेजीले स्थान लिने कुरा हाम्रा लागि अफ्ठ्यारो देखिन्छ । अङ्ग्रेजीले प्रयोग र विश्वव्यापी सम्पर्कको हिसाबले आफ्नो ठाउँ ग्रहण गर्याे, त्यसमा कुनै आपत्ति भएन । तर त्यसलाई हामीले कहिलेकाहीँ अलि बढी स्थान दियाैँ कि भन्ने हाे । आफ्नो भाषालाई कम आँकलन गर्ने, आयातित भाषालाई बढी स्थान दिएको हो कि भन्ने अनुभूति भएको छ । भाषामा सरकार उदासीन हुनु भनेको दुःख लाग्दो कुरा हो ।’
भाषा एउटाको विकल्पमा अर्को आउने कुरा नहुने उल्लेख गर्दै अध्यक्ष अवस्थीले नेपाली भाषालाई एउटै र शुद्ध बनाएर अघि लैजान आवश्यक रहेको बताउनुभयो । उहाँले भाषाको निरन्तरता र भाषाको जीवन समायोजन भएपछि मात्रै नेपाली भाषा सहीरूपमा अघि बढ्नसक्ने उल्लेख गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।