सुन्तलाखेतीले दोसल्ले गाउँको मुहार फेरियो : ‘बसाइँसराइ राेक...
माघ १४, २०८१ सोमबार
काठमाण्डौ – नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगत उपाध्यायले आगन्तुक शब्दका सन्दर्भमा कुनै पनि भ्रम पाल्न आवश्यक नरहेको बताउनुभएकाे छ । आज बुधवार आयोगले सञ्चारमाध्यममा भाषा प्रयोगको अवस्था र भावी चिन्तनका सन्दर्भमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।
उहाँले आजभन्दा ४० वर्षअघि नै संस्कृतबाट आएका शब्दबाहेकका आगन्तुक शब्दलाई ह्रस्व लेख्ने सहमति भइसकेको बताउनुभयो । सदस्य सचिव उपाध्यायले नेपालीमा ८० प्रतिशतभन्दा बढी शब्दहरू संस्कृत भाषाबाट आएकोले त्यसलाई तत्सम शब्दका रूपमा स्वीकार्नुको विकल्प नरहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपालीमा ८० प्रतिशतभन्दा बढी शब्दहरू संस्कृत भाषाबाट आएका छन्, त्यसलाई हामीले तत्सम शब्दका रूपमा स्वीकारिसकेका छौँ । तत्सम शब्दलाई तत्सम संस्कृतकै अनुसार लेखौँ । दशको 'श' पातलो लेख्ने छुट हामीलाई छैन ।’
हरेक रेडियो, टेलिभिजन, पत्रपत्रिका, शिक्षा आयोग, प्रेस काउन्सिल, भाषा आयोग, नेपाल प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय र शिक्षा मन्त्रालयको राष्ट्रिय पाठ्यक्रम विकास केन्द्रहरूले एउटै भाषा प्रयोग गर्ने गरेर शैली पुस्तक बनाउनुपर्ने उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।