‘प्रधानमन्त्री कार्यालयमा सीसीटीभी जडान गरेर राष्ट्रिय गाैरवका आयाेजनाकाे प्रगति हेर्नुपर्छ’

 असार २२, २०७९ बुधबार १६:२८:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – राज्यमन्त्री उमेश श्रेष्ठले सरकार सञ्चालन प्रणालीको कमजोरीका कारण राष्ट्रिय गौरवका आयोजना समयमै नसकिएको दाबी गर्नुभएको छ । 

आज बुधवार बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा राज्यमन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले सरकारको नीति, नियमको प्रणालीमा भएको कमजोरीले समयमै काम नसकिने गरेको बताउनुभयो । 

राज्यमन्त्री श्रेष्ठले नीति, नियमको कमजोरीका साथै ढिलासुस्ती र ठेकेदारको काममा ढिलाइ हुँदा यो अवस्था सिर्जना भएको बताउनुभयो । राष्ट्रिय गौरवका आयोजनाले देशको उन्नति, प्रगतिलाई टेवा पु¥याउने भन्दै समयमै काम सकिनुपर्ने उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, ‘हाम्रो देशमा किन काम हुँदैनन्, किन ढिलो हुन्छ ? दुई वर्षमा हुने काम किन आठ वर्ष लाग्छ ? मलाई के लाग्छ भने यो हाम्रो प्रणालीको कमजोरी हो । प्रधानमन्त्री अफिसमा सीसीटीभी क्यामेरा राखेर त्यसको प्रगति कति हो ? त्यो नियाल्नुपर्छ । राष्ट्रिय गौरवको आयोजना समयमै सक्नुपर्छ ।’

राज्यमन्त्री श्रेष्ठले समयमै काम सक्ने कुरामा कर्मचारीको सरुवा पनि बाधक बन्ने गरेको उल्लेख गर्नुभयो । उहाँले यसलाई सहजीकरण गर्न र नेपाललाई समृद्ध बनाउन सरकार र प्रधानमन्त्री कार्यालय लागिपरेको बताउनुभयो । 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया