२ सय ७५ मध्ये ६५ जना सांसद मात्रै उपस्थित, मन्त्रीकाे प्रस्ताव पारित भएन

 असार २२, २०७९ बुधबार १८:६:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – प्रतिनिधि सभा बैठकमा गणपूरक सङ्ख्या नपुग्दा मन्त्रीको प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेन । 

प्रतिनिधि सभाको आज बुधवारकाे बैठकमा गणपूरक सङ्ख्या नपुगेका कारण स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले प्रस्ताव गर्नुभएको ‘औषधी (तेस्रो संशोधन) विधेयक २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन नसकेको हो । 

प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन संसदको गणपूरक सङ्ख्या ६९ जना हुनुपर्नेमा प्रतिनिधि सभा सदस्यको सङ्ख्या ६५ जना मात्र रहेकाले प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन नसकेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । प्रतिनिधि सभामा दुई सय ७५ सांसद छन् । 

सभामुख सापकोटाले मन्त्रीकाे प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न लाग्दा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गणपूरक सङ्ख्या गन्न माग गर्नुभएको थियो । गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । 

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया